दफा ३८
वार्षिक साधारण सभाको काम, कर्तव्य र अधिकार
: वार्षिक साधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क)  वार्षिक कार्यक्रम तथा बजेट स्वीकृति गर्ने,
(ख)  वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने,
(ग)  समिति वा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने,
(घ)  सञ्चालक वा लेखा सुपरिवेक्षण समितिको संयोजक वा सदस्यलाई पदबाट हटाउने,
(ङ)  समिति वा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,
(च)  विनियम तथा आन्तरिक कार्यविधि पारित गर्ने,
(छ)  लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने,
(ज)  संस्था एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने,
(झ)  पारिश्रमिक लगायतका सुविधा तोक्ने,
(ञ)  बाह्य दायित्व स्वीकार गर्ने,
(ट)  सदस्यको दायित्व मिनाहा दिने,
(ठ)  समितिलाई आवश्यक निर्देशन दिने,
(ड)  विनियममा तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।